सिधाकुरा अनलाइनलाई अडियो उपलब्ध गराएका तिमल्सिनालाई प्रहरीको जिम्मा लगाउन आदेश

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ बैशाख २३, आईतबार (१ हप्ता अघि)
  • ८८ पटक पढिएको
सिधाकुरा अनलाइनलाई अडियो उपलब्ध गराएका तिमल्सिनालाई प्रहरीको जिम्मा लगाउन आदेश

बैशाख २३,काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा अनलाइनलाई अडियो उपलब्ध गराएको भनिएका गोदावरीका राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको छ ।

बयान नसकिएको भन्दै सर्वोच्च अदालतले उनलाई सोमबार बिहान उपस्थित गराउनू भनी प्रहरीको जिम्मा लाएको हो । आदेशमा भनिएको छ, ‘राजकुमार तिमल्सिनाको बयान कार्य प्रारम्भ भएको तर सम्पन्न हुन नसकेकाले २४ वैशाख, २०८१ ९सोमबार० १० बजे बयानलाई निरन्तरता दिने प्रयोजनका लागि निजलाई उपस्थित गराउने गरी यस अदालतका रजिष्ट्रारमार्फत प्रहरीलाई जिम्मा लगाउनू ।’


सर्वोच्च अदालतका प्रवक्ता बेदप्रसाद उप्रेतीले भने ‘जिम्मा लगाउने आदेश भइसकेपछि सम्बन्धित व्यक्ति प्रहरी नियन्त्रणमै रहन्छन् । प्रहरीले उनलाई सिदा खुवाएर राख्छ र भोलि बिहान अदालतमा उपस्थित गराउँछ ।’

ताजा अपडेट

खोजी गर्नुहोस