पत्रकार गीता अधिकारीलाई सम्मान तथा पुरस्कृत

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ जेष्ठ ११, शुक्रबार (३ हप्ता अघि)
  • ५४ पटक पढिएको
पत्रकार गीता अधिकारीलाई सम्मान तथा पुरस्कृत

जेठ ११, काठमाण्डौँ । पत्रकार गीता अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उनलाई चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर बिहीबार एक विशेष समारोहबीच नगद राशीसहित ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८१’ अर्पण गरेको हो ।

उक्त पुरस्कारलाई चलचित्र निर्माता एवं वितरक नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा स्थापना गरेका छन् ।
दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी संघको पूर्वकेन्द्रीय उपाध्यक्षसमेत रहेकी छिन् । गीतकारसमेत रहेकी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ कृति पनि पाठकमाझ आएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस