अन्तिम टी–२० क्रिकेट

साह र शेखको महत्वपुर्ण योगदानमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ बैशाख २२, शनिबार (१ हप्ता अघि)
  • ८१ पटक पढिएको
साह र शेखको महत्वपुर्ण योगदानमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो

बैशाख २२,काठमाडौँ । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई छ विकेटले हराएको छ । वेस्ट इन्डिज ुएु ले दिएको एक सय ७३ रनको लक्ष्य नेपालले १८ ओभर पाँच बलमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि अनिलकुमार साह र आसिफ शेखले अर्धसतक बनाए । अनिलले ५८ र आसिफले ५१ रन बनाएका हुन् । यस्तै कुशल मल्लले अविजित ३७ रन बनाए । वेस्ट इन्डिज ‘ए’ का लागि ओबेद मक्कोले तीन र म्याथ्यू फोर्डले एक विकेट लिए ।

यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका लागि कप्तान रोस्टन चेसले ३३ र एलिक एथेनाजले अविजित ४२ रन बनाए । नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान तीन विकेट लिए । अविनाश बोहोराले एक विकेट लिए ।

शृङखला भने वेस्ट इन्डिजले यसअघि नै जितिसकेको छ । नेपालको आजको जितसँगै पाँच खेलको शृङ्खला ३–२ मा सकिएको छ । अस्ति भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको थियो । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । त्यसपछि दोस्रो खेलमा नेपाल १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । टोलीको हिजो बिदाइ गरिएको छ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ुएू सँग पाँच खेलको शृङ्खला खेलेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ ।

अमेरिका र वेस्ट इन्डिजमा आउँदो जुनमा हुने टी–२० विश्वकपका लागि राष्ट्रिय टोली दुई चरणमा भोलि फ्लोरिडा जाने तालिका छ । टी–२० विश्वकपमा नेपाल समूह ुडीु मा छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस