आईपीएल क्रिकेट: बेंगलुरुले गुजरातलाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ बैशाख २३, आईतबार (१ हप्ता अघि)
  • ८९ पटक पढिएको
आईपीएल क्रिकेट: बेंगलुरुले गुजरातलाई हरायो

बैशाख २३,काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई हराएको छ । गएराति भएको खेलमा बेंगलुरुले गुजरातलाई ४ विकेटले हराएको हो । गुजरातले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । बेंगलुरुका कप्तान फ्लाप डु प्लेसिसले सर्वाधिक ६४ रन बनाए ।

त्यसअघि टस हारेर पहिला व्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । उसका शाहरुख खानले ३७ रन बनाए । जितसँगै बेंगलुरु ११ खेलमा ४ मा जित र ७ मा हार व्यहोरेर ८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा उक्लेको छ । समान खेल र समान अङ्क रहेको गुजरात रनरेटका आधारमा नवौँ स्थानमा छ ।

आईपीएलमा आज दुई वटा खेल हुँदै छन् । पहिलो खेल पञ्जाब किंग्स र चेन्नई सुपर किंग्सबीच नेपाली समयअनुसार दिउँसो पौने ४ बजे खेल हुनेछ । यस्तै दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र कोलकात्ता नाइट राइडर्स खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस