बैशाख २७, दाङ । दाङमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । गढवामा वाग्मती प्रदेश ०१–२७ च ००७७ नम्बरको कार र रा ६ प ७३७९ नम्बरको मोटरसाइलक ठोक्किँदा आँटीपाकरका अरुण चौधरी र सुरज चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने दुवै जना मोटरसाइकलमा सवार हुन् ।