सुनको मूल्यमा पुनःनयाँ रेकर्ड कायम,आज प्रतितोला कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ ६, आईतबार (१ साल अघि)
  • १६४ पटक पढिएको
सुनको मूल्यमा पुनःनयाँ रेकर्ड कायम,आज प्रतितोला कति ?

जेठ ६,काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले पुनःनयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य वृद्धि भएर हालसम्मकै उच्च कायम भएको हो । गत शुक्रबार प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि गत जेठ ३ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार पुगेको थियो ।

गत शुक्रबार भने छापावाला सुनको मूल्य ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार २५० रुपैयाँ कायम भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस