विपक्षी पाँच दल गृहमन्त्रीलाई संसदमा बोल्न दिन सहमत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ६, आईतबार (१ साल अघि)
  • ११९ पटक पढिएको
विपक्षी पाँच दल गृहमन्त्रीलाई संसदमा बोल्न दिन सहमत

जेठ ६,काठमाडौँ । विपक्षी पाँच दल गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिन सहमत भएका छन् । विपक्षी दलको आइतबार बिहान बसेको बैठकले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर अघि बढ्ने निर्णय भएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

‘उनले बोलेपछि चित्त बुझे बुझिहाल्यो, नबुझेको खण्डमा छानबिन समिति बन्नुपर्ने भन्ने हाम्रो अनिवार्य सर्त नै हो’, उनले भने । यस्तै सहकारीको रकम अपचलन, ठगी र हिनामिनाबारे छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन अर्को बैठक पनि बसिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस