जेठ १२, काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँ घटेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।