एसइईपछि जुनसुकै विषय पनि पढ्न पाउने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ६, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाण्डौ । एसइईमा कम्तीमा जिपिए १.६ ल्याउने सबै विद्यार्थीले कक्षा ११ मा प्रवेश पाउने भएका छन् । यसअघि भर्नाका आधार तोकेर प्रवेश परीक्षाकै लागि अयोग्य बनाइने गरेकोमा अब भने कुनै पनि विद्यार्थीमाथि अवरोध नहुने भएको हो ।

अहिले भर्ना हुन बाँकी रहेका तथा यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० एसइई पछि न्यूनतम डी अर्थात् ३५ अंक ल्याएका सबै विद्यार्थीले साइन्सलगायत सबै विषय अध्ययनका लागि प्रवेश परीक्षा दिन सक्छन् । यसबाट धेरै विद्यार्थीले लाभ पाउने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस