आगामी चुनावमा माओवादी एक्लै लड्ने

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८२ बैशाख २७, शनिबार (९ घण्टा अघि)
  • ५१ पटक पढिएको
आगामी चुनावमा माओवादी एक्लै लड्ने

वैशाख २७, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी एक्लै लड्ने बताएका छन् ।

पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित ‘विशाल जनसभा’लाई आज सम्बोधन गर्दै प्रचण्डले स्थानीय तह, स्ववियु निर्वाचन, पत्रकार महासंघलगायतका पछिल्ला निर्वाचनमा माओवादी केन्द्रले उल्लेखनीय परिणाम ल्याएको जनाउँदैे आगामी निर्वाचनमा पार्टी एक्लै अगाडि बढ्ने र जनताको पक्षमा सुरु गरिएका कामलाई निरन्तरता दिइने बताएकन हुन् ।

उनले सुशासन र आर्थिक सुधारका अभियानहरू सञ्चालन गरेको मन नपरेर आफ्नो सरकार ढालेको पनि दोहोर्याए । उनले जनताको पक्षमा र विचौलिया तथा दलालहरूको विपक्षीमा काम गर्दा दलालहरूलाई मन नपरेका कारण अपारदर्शी ढंगले रातारात सरकार ढालिएको बताए ।

सभामा प्रचण्डले देशका विभिन्न भौगोलिक क्षेत्रलाई आपसमा जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, र देशभरका उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियानहरू माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएको दाबी समेत गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस