भारत र पाकिस्तानबीच युद्धविराम

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८२ बैशाख २७, शनिबार (४ घण्टा अघि)
  • ४७ पटक पढिएको
भारत र पाकिस्तानबीच युद्धविराम

वैशाख २७, काठमाडौं । भारत र पाकिस्तान जारी युद्ध रोक्न सहमत भएका छन् । भारतका विदेशसचिव विक्रम मिश्रीले भारतीय समयअनुसार सॉझ ५ बजेदेखि जमिन, हावा र समुद्रमा सबै गोलाबारी र सैन्य कारबाही बन्द गर्न दुवै देश सहमत भएको बताए ।

उनले यो समझदारीलाई प्रभावकारी बनाउन दुवै पक्षलाई निर्देशन दिइएको बताए । सैन्य अपरेसन महानिर्देशकहरूले मे १२ (सोमवार) मा १२ बजे फेरि वार्ता गर्ने उनले बताए ।

यस्तै पाकिस्तानका विदेशमन्त्री इशाक डारले भारत र पाकिस्तानबीच युद्धविराम भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल साइट एक्समा यसको पुष्टि गर्दै लेखेका छन्, ‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराममा सहमत भएका छौँ । पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं क्षेत्रीय शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ ।’

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएको बताएका थिए । ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविरामको घोषणा गर्न पाउँदा खुसी लागेको बताए ।

‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्तापछि, भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएको घोषणा गर्न पाउँदा खुसी छु,’ उनले लेखेका छन् ।

गत २३ अप्रिलमा भारतको जम्मू–कश्मीरको पहलगाममा २६ जना पर्यटकको ज्यान जाने गरी भएको आंतकवादी आक्रमणपछि भारतले पाकिस्तान लक्षित अपरेशन सिन्दूर नाममा सैन्य कारवाही चलाएको थियो । भारतको कारवाही लगतै पाकिस्तानले पनि जवाफी कारवाही चलाएको लगाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस