टी–२० विश्वकप छनोटः बहराइनमाथि नेपालको शानदार जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख २७, शनिबार (१३ घण्टा अघि)
  • ४८ पटक पढिएको
टी–२० विश्वकप छनोटः बहराइनमाथि नेपालको शानदार जित

वैशाख २७, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ९ विकेटको शानदार जित निकालेको छ । थाइल्याण्डको तेरथाइ क्रिकेट ग्राउण्डमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ बल अगावै पूरा ग¥यो ।

नेपालका लागि ओपनर कविता कुवरले सर्वाधिक १८ रन बनाइन् । ओपनर सम्झना खड्का १३ बनाएर अविजित रहिन् । कप्तान इन्दु बर्मा ५ बलमा ७ रन बनाएर नटआउट रहिन् ।

वर्षाका कारण खेल ५र५ ओभरको खेलाइएको थियो । त्यसअघि पहिला ब्याटिङ गरेको बहराइनले ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो ।

बहराइनका लागि दिपिका रसंगिकाले सर्वाधिक ३४ रन बनाएकी थिइन् । पहिलो खेल हिजो वर्षाले रद्द भएपछि नेपालले हङकङसंग अंक बाढेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस