पौष १६, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा आफूहरू संवेदनशील भएको उल्लेख गरेका छन् ।
बुधबार सिन्धुलीगढीमा प्रचण्डले अतिक्रमित भूमि फिर्ता ल्याउन पार्टी र सरकार संवेदनशील रहेको बताएका छन् । यस विषयमा हामी निकै नै संवेदनशील छौं । नेपालको भौगोलिक अखण्डताको निम्ति जस्तोसुकै त्याग गर्न पनि हामी तयार छौं, उनले भने । उनले सीमा विवाद हल गर्न सत्ता र प्रतिपक्ष एक ढिक्का रहेको बताए ।