माघ २, काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भोईस अफ नेपाल – सिजन ३ को सह प्रायोजक रहने घोषणा गरेको छ । उक्त कार्यक्रम हिमालय एच् डी टिभी बाट प्रसारण हुने छ र यस कार्यक्रमको डिजिटल अडिशन भने शुरु भैसकेको छ ।
काठमाडौं स्थित ¥याडिशन होटलमा आयोजित हस्ताक्षर कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भोईस अफ् नेपाल जस्तो लोकप्रिय रियालिटी कार्यक्रम सँग आबद्ध हुन पाउदा खुशी लागेको साथै सिटी एक्सप्रेसले जसरी देश बिदेशमा रहनु भएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताए । त्यसरी नै भोईस अफ नेपालले पनि देश बिदेशमा रहनु भएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरु बाट गायन प्रतिभा देखाउने एउटा राम्रो प्ल्याटफर्म प्रदान गरेकोमा खुशी ब्यक्त गरे ।