आज तीन शीर्ष नेता एकै नगरमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १८, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौँ । आज तीन राजनैतीक दलका तीन शीर्ष नेता एकै नगरमा हुने भएका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शीर्ष नेताहरुले आ-आफ्नो पार्टीको छुट्टा छुट्टै कार्यक्रमलाई सम्बोधन गर्न लागेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपुर थिमिमै सम्बोधन गर्ने कार्यक्रम छ । मध्यपुर थिमि नगरपालिकाको ‘गन्तव्य मध्यपुर थिमि’ तस्बिर पुस्तक बिमोचन पनि गर्ने कार्यक्रम छ । कार्यक्रम मध्यपुर थिमि ४, निगुपुखमा १ बजे हुनेछ ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पनि थिमिमै सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीको मध्यपुर थिमि नगर कमिटीको नेपाल संवत् ११४२ (नयाँ वर्ष) तथा शुभ दीपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा नेपाल संवतका प्रवर्तक, राष्ट्रिय विभुती शंखधर साख्वास् को प्रतिमामा माल्यार्पण कार्यक्रममा सम्बोधन गर्नेछन् । कार्यक्रम शंखधरचोक, मध्यपुर थिमिमा दिउँसो साढे १ बजे हुनेछ । थिमिमा ओली र दाहालको कार्यक्रम लगभग एकै समयमा परेको छ ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको मध्यपुर थिमि नगर संगठन कमिटीले आयोजना गरेको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमलाई प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम बालकुमारी थिमिमा हुनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस