घट्यो पेट्रोलियम पदार्थको भाउ, अव कसको मुल्य कती ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ ४, सोमबार (६ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

असार ४,काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ११० कायम हुनेछ । यसअघि पेट्रलको मूल्य प्रतिलिटर रु ११३ थियो ।

प्रवक्ता गोइतका अनुसार डिजेल र मट्टितेलमा पनि समान दुई/दुई रुपैयाँ घटाइएको छ । अब डिजेलको र मट्टितेलको मूल्य प्रतिलिटर रु ९३ भएको छ । त्यसैगरी खाना पकाउने ग्यासको मूल्य भने यथावत् नै रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस