जेठ ९, काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेको छ । नेप्से १.५३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.६९ अंकले घटेर ४२९.०५ विन्दुमा झरेको छ ।
कूल २२४ वटा कम्पनीको ३९ लाख १७ हजार ६ सय ५५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३६ करोड ९५ लाख १३ हजार एक सय ९२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।