भारतले नेपाललाई दिने अनुदान बढ्यो, अब नेपालले कति पाउँछ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ १८, बिहिबार (१ साल अघि)
  • २९ पटक पढिएको
भारतले नेपाललाई दिने अनुदान बढ्यो, अब नेपालले कति पाउँछ ?

माघ १८, काठमाडौँ । भारतले नेपाललाई दिने अनुदान बढाएको छ । नेपालका लागि वित्त वर्ष २०२३र२४ मा ५ अर्ब ५० करोड भारु ८ अर्ब ८० करोड विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४र२५ का लागि ७ अर्ब भारु ११ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारु १० अर्ब ४० करोड रुपैयाँ पुर्‍याएको छ । यस वर्ष संशोधित बजेटभन्दा पनि बढेर अनुदान विनियोजन गरेको छ । वित्त वर्ष २०२२÷२३ मा भारतबाट नेपालले ४ अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो । वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार भारतको बजेट सार्वजनिक गरेकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस