कमिसन १० प्रतिशत घट्ने

आगामी जेठ १ गतेदेखि ब्रोकर कमिसन दर घटाउने निर्णय, अब कति तिर्नुपर्छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २५, मंगलबार (१ हप्ता अघि)
  • ५७ पटक पढिएको
आगामी जेठ १ गतेदेखि ब्रोकर कमिसन दर घटाउने निर्णय, अब कति तिर्नुपर्छ ?

बैशाख २५, काठमाडौँ । आगामी जेठ १ गतेदेखि सेयर कारोबार गर्दा तिर्नुपर्ने पर्ने ब्रोकर कमिसन दर घट्ने भएको छ । हाल तिर्दै आएको ब्रोकर कमिसन १० प्रतिशत घटाउने नेपाल धितोपत्र बोर्ड संचालक समितिको बैठकले निर्णय गरेको हो ।

अर्थमन्त्रालयले बोर्डलाई नयाँ दर कार्यान्वयन गर्न सहमति प्रदान गरेको छ । बोर्डले ब्रोकर कमिसन घटाउने गरि नियमवाली संशोधन गर्ने निर्णय गरेको थियो । बोर्डको सोही प्रस्तावलाई मन्त्रालयले सहमति दिएपछि नयाँ दर कार्यान्वयन गर्न लागिएको हो ।

दुई साताअघि मात्रै मन्त्रालयले कमिसन दर घटाउन स्वीकृति दिएको थियो । अब न्यूनतम २.२४ प्रतिशतदेखि अधिकतम ०.३६ प्रतिशतसम्म तिर्नुपर्नेछ । तर, यसअघि भने न्युन्तम ०.२७ प्रतिशतदेखि ०.४० प्रतिशतसम्म तिर्दै आएका छन् ।

हाल ५० हजार रुपैयाँसम्मको सेयर खरिदबिक्री गर्दा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्छ । तर, अब भने यी दरहरुमा १० प्रतिशत कम तिर्नुपर्नेछ ।

आगामी जेठ १ गतेदेखि भने ५० हजारसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत कमिसन तिर्नुपर्नेछ । यस्तै, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३६ प्रतिशत, २० लाखदेखि १ करोडसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँ बढीको सेयर किनबेच गर्दा ०.२४३ प्रतिशत कमिसन तिर्नुपर्नेछ ।

#ब्रोकर कमिसन

ताजा अपडेट

खोजी गर्नुहोस