चल सम्पत्ति पनि धितो राख्न पाईने

ऋण लिन झनै सजिलो : अब पशु, कृषि बाली धितो राखेर पनि ऋण पाइने !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २७, बिहिबार (१ हप्ता अघि)
  • ७२ पटक पढिएको
ऋण लिन झनै सजिलो : अब पशु, कृषि बाली धितो राखेर पनि ऋण पाइने !

बैशाख २७, काठमाण्डौँ । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ ।
विधेयक अब राष्ट्रियसभामा पेश हुनेछ ।

ऐन कार्यान्यवनमा आएसँगै घर, जग्गाबाहेक चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तिय संस्थाबाट ऋण लिन पाइन्छ । अचल सम्पत्तिबाहेकको जडित सम्पत्ति, उत्खनन्का लागि अनुमतिप्राप्त खनिज पदार्थ, व्यक्तिको कुनै पनि प्रकारको मूर्त वा अमूर्त सम्पत्तिलाई विधेयकमा चल सम्पत्तिको परिभाषाभित्र राखिएको छ ।

‘यसअघि बैंक तथा वित्तीय संस्थाले अचल सम्पत्ति मात्र धितो राखेर ऋण दिने गरेकामा यो ऐन लागू भएपछि चल सम्पत्ति पनि धितो राख्न सकिन्छ’, अर्थमन्त्री पुनले भने । अब पशु, कृषि बाली तथा कृषिजन्य उत्पादन, उक्त उत्पादनबाट तयार पारिएको खाद्यवस्तु र उत्खनन्का लागि अनुमति लिइएको खनिज पदार्थसमेत धितो राखेर ऋण लिन सकिने छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस