वैशाख २४, काठमाडौं । आज बागमती प्रदेशमा सार्वजनिक बिदा रहेको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन् ।
गत वर्ष वैशाख २४ गते प्रदेश सरकारी कामकाजी भाषा ऐन( २०८० कार्यान्वयन भएको थियो । यससँगै नेपालीसँगै नेवार र तामाङ भाषालाई पनि बागमती प्रदेशको सरकारी कामकाजी भाषा बनेको थियो ।
दिवसका अवसरमा बुधबार बिहान संघीय राजधानी काठमाडौंको शान्तिबाटिका र प्रदेश राजधानी हेटौँडामा कार्यक्रम हुँदैछ ।