असार २२, काठमाडौं । एएफसी एसिया कप छनोटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । पेनाल्टी सुटआउटमा नेपाललाई ४–२ ले हराउँदै उज्बेकिस्तानले सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कपमा स्थान सुरक्षित गरेको हो ।
पहिलो हाफमा ३–१ ले पछि परेको अवस्थामा नेपालले सानदार पुनरागमन गर्दै खेललाई दोस्रो हाफमा ३–३ को अवस्थामा ल्याएको थियो । निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा नेपाल पेनाल्टीमा चुक्न पुग्यो ।
पेनाल्टी सुटआउटमा उज्वेकिस्तानका सबै चार खेलाडीले गोल गरे । नेपालका लागि सावित्राको पहिलो प्रहार पोलमा लागेर फर्किएको थियो । त्यसपछि आएका गीता राना र सविता राना मगरले गोल गरे तर चौथो प्रहारका लागि आएकी गोलरक्षक अञ्जना राना मगरको प्रहार गोलरक्षकले बचाए ।
त्यसअघि पहिलो हाफको इन्जुरी समयमा १० खेलाडीमा समेटिएको घरेलु टोली उज्वेकिस्तानका लागि खाबीबुलेएभा र मातफुना सोयीमोभाले एक–एक गोल गरे । त्यसपछि खेलमा समालिएको नेपालले २४ औं मिनेटमा एक गोल फर्कायो । नेपालको लागि साबित्रा भण्डारी (साम्बा) ले गोल गरिन् ।
तर, खेलको ३७ औं मिनेटमा सरस्वती हमालको ह्यान्ड भएपछि उज्वेकिस्तानले पेनाल्टीको अबसर पायो जसलाई मातफुना सोयीमोभाले गोल गरिन् ।
साम्बालाई ट्याकल गरेपछि उज्बेकिस्तानकी एन एर्गासेभा दोहोरो पहेंलो कार्डसहित रातो कार्ड खाँदै मैदान बाहिरिइन् ।
त्यसपछि दोस्रो हाफमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्यायो । नेपालका लागि सबै तीन गोल सावित्रा भण्डारीले गर्न सफल भइन् । ७१ औं मिनेटमा सावित्रा भण्डारीले दोस्रो गोल गर्दा २ मिनेट पछिनै उनले ह्याट्रिक पुरा गर्दै खेल बराबरीमा ल्याउन सफल भइन् ।