अर्गा भगवती भेन्चर्स प्रा. लि. र कुमारी क्यापिटल लिमिटेडबीच सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २५, बिहिबार (५ घण्टा अघि)
  • ३६ पटक पढिएको
अर्गा भगवती भेन्चर्स प्रा. लि. र कुमारी क्यापिटल लिमिटेडबीच सम्झौता

बैशाख २५,काठमाडौँ । नविकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धनमा सक्रिय अर्गा भगवती भेन्चर्स र लगानी व्यवस्थापनमा विशेषज्ञता राख्ने कुमारी क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ। सम्झौता अन्तर्गत अर्गा भगवतीको १० मेगावाटको सौर्य ऊर्जा परियोजनालाई पुँजी बजारमा सूचीकरण गराउन आवश्यक सम्पूर्ण कार्यहरु — कम्पनी पुनःसंरचना, सार्वजनिक निष्काशन, नियामक निकायहरूसँग समन्वय आदि — कुमारी क्यापिटलमार्फत सम्पन्न गरिनेछ।

अर्घाखाँची जिल्लामा निर्माणाधीन सो सौर्य परियोजना हाल तीव्र गतिमा अगाडि बढिरहेको अर्गा भगवती भेन्चर्सले जनाएको छ। कम्पनीका अध्यक्ष कुशल थापाका अनुसार, “छोटो समयमा नै आयोजनाको सम्पूर्ण काम सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमार्फत विद्युत आपूर्ति सुरु गर्ने र देशको ऊर्जा सुरक्षामा योगदान दिने लक्ष्य लिएको छौँ।”

ऊर्जा आयोजना निर्माणसँगै कम्पनीले वित्तीय व्यवस्थापनतर्फ समेत ध्यान दिएको देखिन्छ। हालै अर्गा भगवतीले प्राइम कमर्सियल बैंक लिमिटेडमार्फत वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न गरेको जानकारी गराइएको छ।

सम्झौतामा अर्गा भगवती भेन्चर्स प्रा.लि.का सञ्चालक समितिका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस