उपभोक्ता अदालतको पहिलो फैसला, स्वस्तिक सिल्भरले हानी नोक्सानी पुर्‍याएको ठहर

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०८२ बैशाख २५, बिहिबार (४ घण्टा अघि)
  • ५८ पटक पढिएको
उपभोक्ता अदालतको पहिलो फैसला, स्वस्तिक सिल्भरले हानी नोक्सानी पुर्‍याएको ठहर

वैशाख २५, काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर ३ जिल्ला हेर्ने कार्यक्षेत्र रहेर गत वर्ष चैत ३ गतेदेखि सञ्चालनमा आएको उपभोक्ता अदालतले पहिलो फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्माको अध्यक्षतामा न्याय सेवाका उपसचिव गेहेन्द्रराज रेग्मी तथा प्रशासन सेवाका उपसचिव आनन्दराज पोखरेल सदस्य रहेको इजलाशले आज काठमाडौंको विशालबजारमा सञ्चालित स्वस्तिक सिल्भर प्यालेस प्रालिलाई जरिवाना गर्ने फैसला सुनाएको हो ।

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १३ घर भएकी ५३ वर्षीया सावित्री थापाले काठमाडौंको विशालबजारमा सञ्चालित स्वस्तिक सिल्भर प्यालेस प्रालि र त्यसका सञ्चालक ३५ वर्षीया सुनिता श्रेष्ठविरुद्ध उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए ।

३५ हजार ७ सय रुपैयाँ क्षतिपूर्तिको माग दाबीसहित दायर भएको मुद्धामा आज उपभोक्ता अदालतले फैसला सुनाएको अदालतका स्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए । उक्त सिल्भर प्यालेस प्रालिले उपभोक्तालाई हानी नोक्सानी पु¥याएको ठहर गर्दै अदालतले २० हजार क्षतिपुर्ती भराउन आदेश गरेको हो ।

उपभोक्ता अदालतमा जम्मा ६ वटा मुद्धा परेकोमा २ वटा फिर्ता भएका थिए । बाकिँ ३ मुद्धामा पनि अदालतले आदेश गरेको स्रेस्तेदार र खरेलले बताए । उक्त आदेशको पूर्ण पाठ आउन भने बाँकि छ ।

ताजा अपडेट

खोजी गर्नुहोस