गोकर्णेश्वरलाई ‘योग नगर’ घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख २७, शनिबार (४ घण्टा अघि)
  • ४९ पटक पढिएको
गोकर्णेश्वरलाई ‘योग नगर’ घोषणा

वैशाख २७, काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिकालाई ‘योग नगर’ घोषणा गरिएको छ । प्रतिनिधिसभा अर्थ समिति सभापति सन्तोष चालिसे र नगर प्रमुख दीपककुमार रिसाललगायतले स्थानीय गराडोलमा आज आयोजित कार्यक्रममा ‘योग नगर’को औपचारिक घोषणा गरेका हुन् ।

कार्यक्रमको अवसरमा सभापति चालिसेले विश्वभर विभिन्न नयाँ–नयाँ रोग फैलिएका र अशान्ति बढिरहेका बेला मानिसलाई त्यसबाट मुक्ति दिलाउन योगाभ्यास महत्त्वपूर्ण विधि हुनसक्ने धारणा राखे ।

गोकर्णेश्वर नगरपालिकाले जनस्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको अवस्थामा आगामी दिनमा योग र ध्यानलाई उच्च महत्व दिइने नगर प्रमुख रिसालले बताए ।

उक्त नगरपालिकाका नौवटै वडाका ४० योग केन्द्रमा नियमित योगाभ्यास हुने गरेको छ । नेपालमा पतञ्जली, जीवन विज्ञान, आर्ट अफ लिभिङ, ओशो, ब्रह्मकुमारी राजयोगलगायतका संस्थाले नियमित ध्यान र योग सिकाउँदै आएका छन् ।

यसअघि भक्तपुरलाई ‘योग जिल्ला’ र ललितपुरको गोदावरीलाई ‘योग नगर’ घोषणा गरिएको थियो । नेपालले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ । अन्तरराष्ट्रिय रुपमा जुन २१ का दिन योग दिवस मनाइने गरिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस