राष्ट्रियसभाका सदस्य : कार्यकालको फैसला गोलाप्रथा गरिँदै !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ ४, सोमबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

असार ४,काठमाडौँ । राष्ट्रियसभाका सदस्यको कार्यकाल तय गर्न सोमबार गोलाप्रथा गरिँदैछ ।

राष्ट्रियसभा नियमावली अनुसार पहिलोपटकको लागि गोला प्रथाबाट १९ जनाको पदावधि २ वर्षको कायम हुनेछ । त्यस्तै अरु २० जनाको पदावधि पनि गोलाप्रथाबाटै चार वर्ष तोकिनेछ । बाँकी २० जनाको पदावधि भने ६ वर्ष पुरै हुनेछ ।

यसका लागि सोमबार बिहान साढे ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा गोलाप्रथा गरिने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।

संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभाका ५९ सदस्यको कार्यावधि गोलाप्रथाद्वारा २, ४ र ६ वर्षको टुंगो लगाइनेछ । दलित, अल्पसंख्यक र अपांग कोटाबाहेक हरेक प्रदेशबाट चुनिएका राष्ट्रियसभाका सदस्य बीचमा गोलाप्रथा गरिने नियमावलीमा व्यवस्था छ ।

संघीय संसद सचिवालयका उपसचिव दशरथ धमलाका अनुसार गोला प्रथाद्वारा पहिलो चरणमा गोला चुन्ने १९ जना सदस्यले दुई वर्षीय आफ्नो कार्यकालको सुनिश्चितता गर्नेछन् भने भने बाँकी रहेका २० जनाले ४ वर्ष र अन्तिम बाँकी २० जनाले ६ वर्षीय आ–आफ्नो कार्यकालको टुंगो लगाउनेछन् । गोला प्रथा कार्यक्रममा सबै सदस्यहरुलाई विभिन्न ५ समूहमा विभाजन गरिने उहाँले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस