असार ४,काठमाडौँ । गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाइएको छ । संघीय संसद भवनको ल्होत्से हलभित्र राष्ट्रियसभा सदस्यहरुलाई वर्णानुक्रम चिठ्ठा तान्न लगाइएको थियो ।
जुन सदस्यले जति अंक लेखिएको चिठ्ठा तान्छ, उसको कार्यकाल त्यतिनै वर्ष हुने व्यवस्था छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सांसद पद ६ वर्ष र उपाध्यक्ष शशिकला दाहालको ४ वर्ष कायम भएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोला प्रथाबाट छ वर्षको कार्यकाल प्राप्त गर्नेमा रमेशजङ्ग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ र हरिराम चौधरी छन ।
त्यस्तै बिना पोखरेल, प्रमिलाकुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई, इन्दु कडरिया, नरपति लोहार, सिंहबहादुर विश्वकर्मा, प्रकाश पन्थ, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेलको पनि पदावधि छ वर्ष कायम भएको छ ।
गोलाप्रथाद्वारा परशुराम मेघी गुरुङ, सुमनराज प्याकुरेल, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, चन्द्रबहादुर खड्का, खगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, रामनारायण बिँडारी, नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली, कविता बोगटी, तारादेवी भट्ट, खिमकुमार विक, चक्र स्नेही, रामलखन चमार, जीवन बुढा र अगम वान्तवा राईको पदावधि चार वर्ष कायम भएको छ ।
त्यस्तै हरिचरण सिवाकोटी, रमेशप्रसाद यादव, बलरामप्रसाद बाँस्कोटा, सुरेन्द्रराज पाण्डे, दुर्गाप्रसाद उपाध्याय, कालीबहादुर मल्ल, बद्रीप्रसाद पाण्डे, डा युवराज खतिवडा, सरिता प्रसार्इं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, खेमराज नेपाली, रामप्रित पासवान, राजकुमार कुँवर र वृशेषचन्द्र लालको गोलाप्रथा छनोट प्रणालीबाट दुई वर्ष पदाधिकारी कायम भएको छ ।
संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा ५९ सदस्यीय रहेको छ ।