जेठ २३, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा बैठकमा आजदेखि आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ । आजदेखि २७ गतेसम्म छलफल हुने छ । आज ६ मन्त्रालयको छलफल सुरु हुने संसदको कार्यसूचीमा छ ।
यस्तै, आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ’फौजदारी कसुर तथा फौदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।