ब्लड प्रेसर तथा सुगर

बागमतीका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइँयो

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ बैशाख २५, मंगलबार (१ हप्ता अघि)
  • ८० पटक पढिएको
बागमतीका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइँयो

बैशाख २५, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी परेका छन् । रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका लागि जाँदै गरेका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा मंगलबार मध्याह्न समस्या देखिएको हो ।

उपचारका लागि उनलाई सिन्धुलीस्थित आत्मिय सामुदायिक अस्पतालमा लगिएको छ । ब्लड प्रेसर तथा सुगरको मात्रा थपघटले समस्या देखिएको बताईएको छ ।  श्वासप्रश्वासमा समस्या देखिएपछि मुख्यमन्त्रीलाई अस्पताल भर्ना गरिएको हो ।

‘मुख्यमन्त्री ज्यूको स्वास्थ्यमा समस्या देखिएको छ, हेलिकप्टर मगाएर काठमाडौं लैजाने तयारी भइरहेको छ,’ नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सांसद युवराज चौलागाईंले भने । मुख्यमन्त्री जम्कट्टेललाई आत्मिय सामुदायिक अस्पतालले रिफर गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस