सुमना श्रेष्ठद्धारा रास्वपा सहमहामन्त्री पदबाट राजीनामा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ बैशाख ४, बिहिबार (३ हप्ता अघि)
  • ७७ पटक पढिएको
सुमना श्रेष्ठद्धारा रास्वपा सहमहामन्त्री पदबाट राजीनामा

बैशाख ४,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । पार्टी सभापति रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा दिएको राजीनामाबारे आजको केन्द्रीय समिति बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।

अदालतको आदेशमा धरौटीमा छुटेर आएपछि उपस्थित भएको पहिलो बैठकमा सभापति रवि लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै सुमनाले सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । तर लामिछाने सहकारी ठगीमा उच्च अदालतको आदेशबाट पक्राउ परेपछि श्रेष्ठको राजीनामाबारे थप कारबाही भएको थिएन ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले संसदीय मोर्चामा नै सक्रियताका साथ लाग्ने भनेर श्रेष्ठले दिएको राजीनामा स्वीकार भइनसकेको बताएका थिए । रास्वपामा कबिन्द्र बुर्लाकोटी कार्यवाहक महामन्त्री र सुमनासँगै विपिन आचार्य सहमहामन्त्री छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस