सम्बृद्ध नेपाल निर्माणका लागि इन्जिनियरको भुमिका महत्वपुर्ण : अध्यक्ष श्रेष्ठ

Post Thumbnail

कार्तिक १३,काठमाडौँ । नेकपा निकट इन्जिनियर हरुको जनसङठन (पिन) का अध्यक्ष इन्जिनियर शम्भु श्रेष्ठले सम्बृद्ध नेपाल निर्माणका लागि इन्जिनियरको भुमिका प्रमुख हुने बताएका छन ।

नेपाल इन्जिनियर्स एसोसियसनको निर्वाचन र शुभकामना आदान प्रदानका लागि (पिन) प्रदेश नम्बर ३ कमिटी द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश समृद्द बनाउन हामिले जस्तो सुकै योगदान गर्ने छौ भने । मुलुकभर रहेका इन्जिनियरले समृद्दीको अभियानमा इमान्दार भएर राष्ट्रलाई योगदान गर्न उनले अपिल गरेका छन ।

भेलामा प्रदेश नम्बर ३ का इन्चार्ज शालिकराम पराजुली सहित डा. माधव कोइराला , जगत श्रेष्ठसहित अगुवा इन्जिनियर नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस