चैत्र १२,काठमाडौँ । विश्वभरी फैलिरहेको कोभिड–१९ (कोरोना भाईरसले यतिबेला हजारौँको ज्यान लिइरहेको छ । लाखौ संक्रमित छन । कोरोनाले विश्वको अधिकांश ठाँउमा प्रभावित तुल्याएको छ । सक्रणम फैदने क्रम दक्षिण एशियामा पनि उस्तै छ । दक्षिण एसियाली देशहरू मध्ये नोवल कोरोना भाइरसको संक्रमण पाकिस्तानमा सबैभन्दा बढी देखिएको छ । पाकिस्तानमा संक्रमितको संख्या ९७२ जना पुगेको छ । उनीहरू मध्ये ५२ जना निको भइसकेका छन् । त्यहाँ गम्भीर बिरामीको संख्या भने ५ जना छन् ।
भारतमा ५६२, श्रीलंकामा १०२, अफगानिस्तानमा ७४, बंगलादेशमा ३९, माल्दिभ्समा १३, भुटान र नेपालमा २/२ जनामा संक्रमित देखिएका थिए । नेपालका संक्रमित मध्येका एक जना निको भइसकेका छन् ।
कोरोनाबाट भारतमा सबैभन्दा धेरैको ज्यान गएको छ । बुधबार बिहानसम्म भारतमा ११, पाकिस्तानमा ७ र अफगानिस्तानमा एक जनाको मृत्यु भएको छ । संक्रमितको मृत्यु नहुने देशमा नेपाल, श्रीलंका, भुटान र माल्दिभ्स छन् ।