साउन ४, काठमाण्डौ । महानगरपालिकाले एसइईको नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिन परिपत्र गरेको छ । महानगरको शिक्षा विभागले आइतबार सबै शैक्षिक संस्थालाई विद्यार्थी भर्ना तथा शुल्कबारे परिपत्र गरी एसइईको नतिजा नआउँदै भर्ना गरेमा कारबाही हुने चेतावनी दिएको हो ।
विभागले कक्षा ११ मा भर्ना हुँदाको समयमै ११ र १२ मा विद्यार्थीसँग लिइने कुल रकम तोक्नुपर्ने, किताब, पोसाक र अन्य शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा खरिद गर्न बाध्य नपार्न पनि सचेत गराएको छ ।