चैत १८, काठमाडौँ । चिकित्साशास्त्र अन्र्तगत एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन् । शुक्रबार भएको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले बताए ।
काठमाडौं र भक्तपुरको परीक्षा क्षेत्रबाट पाँच जना नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको एसएसपी कुँवरले जानकारी दिए । चार जना नक्कली र एक जना नक्कली परीक्षार्थी खोज्ने सक्कली परीक्षार्थी तथा बिचौलियाको काम गर्ने व्यक्ति पक्राउ गरिएको हो ।
एसएसपी कुँवरका अनुसार घटनामा थप अनुसन्धान जारी छ । उनीहरुको विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन ।