उपनिर्वाचन

सुहाङ नेम्वाङले आज सांसद पदको सपथ ग्रहण गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २६, बुधबार (१ हप्ता अघि)
  • ८३ पटक पढिएको
सुहाङ नेम्वाङले आज सांसद पदको सपथ ग्रहण गर्दै

बैशाख २६, काठमाडौँ । प्रतिनिधि सभा सदस्यमा इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्ने भएका छन्। संसद सचिवालयका अनुसार आज बिहान ११ बजे नेम्वाङलाई सभामुख देवराज घिमिरेले सपथ ग्रहण गराउने भएका छन् ।

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल शपथ ग्रहण कार्यक्रम राखिएको छ । शपथ खुवाएर घिमिरेले उनलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाएपछि सांसदको जिम्मेवारी पाउनेछन् ।

#उपनिर्वाचन #सुहाङ नेम्वाङ

 

ताजा अपडेट

खोजी गर्नुहोस