नेशनल लाईफले गर्यो कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सिईओ क्लब सदस्यबाट सम्मान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर २०, बिहिबार (५ महिना अघि)
  • ५१ पटक पढिएको
नेशनल लाईफले गर्यो कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सिईओ क्लब सदस्यबाट सम्मान

मंसिर २०, काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले सुर्खेत स्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गर्नुहुँदै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतज्यूले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस