म्यानचेस्टर सिटीलाई कम्युनिटी शिल्ड फुटबलको उपाधि !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण २१, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन २१,काठमाडौँ । कम्युनिटी शिल्ड फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । उपाधि जित्ने क्रममा सिटीले चेल्सीलाई २–० गोलले हराएको हो । सिटीका लागि सर्जियो अगुरोले १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

बेम्ले रंगशालामा फिल फोडनले डि बक्स बाहिर दिएको पासमा अगुरोले उत्कृष्ट गोल गरेका हुन् । यसैगरी ५८ औं मिनेटमा दोस्रो गोल पनि अगुरोले नै थपेका थिए । त्यसपछि कुनै पनि गोल हुन सकेन र सिटीले उपाधि जितेको हो ।

नयाँ सिजनको सुरुवात अघि हुने कम्युनिटी शिल्डका लागि दुई इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिडेका हुन् । कम्युनिटी शिल्डमा प्रिमियर लिग र एफए कपको विजेताबीच प्रस्पिर्धा हुन्छ । सिटीले प्रिमियर लिग तथा चेल्सीले एफए कप जितेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस