रूसी सेनामा भर्ती हुने नेपाली र तिनका परिवारले रूसको नागरिकता पाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २१, शनिबार (४ महिना अघि)
  • ५ पटक पढिएको
रूसी सेनामा भर्ती हुने नेपाली र तिनका परिवारले रूसको नागरिकता पाउने

पौष २१, काठमाडौँ । रूसी सेनामा भर्ती हुन गएका नेपालीहरूले रूसको नागरिकता र राहदानी पाउने भएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्वको समयमा देशको सशस्त्र बल वा अन्य सैन्य एकाइहरूमा सेवाको लागि भर्ती हुने विदेशीहरूलाई रूसी राहदानी प्राप्त गर्ने अधिकार प्रदान गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।

रूसी सेनामा कति नेपाली छन् भन्ने यकिन तथ्यांक छैन तर अपुष्ट तथ्यांकअनुसार रूसको तर्फबाट लडिरहेका नेपालीको संख्या हजारभन्दा बढी छ । युद्धका क्रममा आधा दर्जनभन्दा बढी नेपाली मारिएको पुष्टी भएको छ । तर, मारिनेको पनि आधिकारिस तथ्यांक छैन ।

रूसी सरकार नियन्त्रित टेलिभिजन नेटवर्क आरटीका अनुसार क्रेमलिनले बिहीबार आफ्नो वेबसाइटमा यो आदेशमा हस्ताक्षर गरिएकोबारे रिपोर्ट गरेको छ। आदेश अनुसार त्यस्ता विदेशीहरूको परिवारका सदस्यहरूलाई पनि रूसी नागरिकता प्राप्त गर्ने अधिकार हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस