रूसी विमान दुर्घटनामा ६५ युक्रेनीसहित ७४ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ११, बिहिबार (३ महिना अघि)
  • ३ पटक पढिएको
रूसी विमान दुर्घटनामा ६५ युक्रेनीसहित ७४ जनाको मृत्यु

माघ ११, काठमाडौँ । युक्रेनसँगको सीमामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा रुसी सेनाको विमान दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्टहरूका अनुसार इलुसिन-७६ नामको यो सैन्य यातायात विमानमा करिब ७४ जना सवार थिए जसको मृत्यु भएको छ ।

बीबीसी संवाददाता स्टिभ रोजेनबर्गले विमानमा ६५ जना युक्रेनी युद्धबन्दी रहेको र उनीहरुलाई आदानप्रदानका लागि लगिएको बताए । उक्त विमानमा ६ जना चालक दलका सदस्य र तीन सहायक पनि थिए ।

सामाजिक सञ्जालमा शेयर भइरहेको भिडियोमा विमान तल खसिरहेको र त्यसपछि विस्फोट भएको देखिन्छ । बेल्गोरोडका गभर्नरले विमान दुर्घटनाबारे आफूलाई जानकारी रहेको बताए तर थप विवरण भने दिएनन् । रुसी रक्षा मन्त्रालयले ‘इलुसिन–७६’ सैन्य यातायात विमानले ६५ युक्रेनी युद्धबन्दी बोकेर युक्रेनसँग आदानप्रदानका लागि लगिएको पुष्टि गरेको छ ।

रुसको सरकारी समाचार एजेन्सी आरआईए नोवोस्तीले जनवरी २४ मा आफ्नो टेलिग्राम च्यानलमा लेखेअनुसार रक्षा मन्त्रालयले विमानमा चालक दलका ६ सदस्य र तीन सहायक पनि रहेको जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस