विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका थापा र थारू दोहोरिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ७, शनिबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ ७, चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी कुमारी थारू निर्वाचित भएका हुन् । थापाले पाँच हजार ८३८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जानकी प्रसाद यादवले पाँच हजार ३३४ मत प्राप्त गरे। उपाध्यक्षमा निर्वाचित थारूले चार हजार ९३० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी जसपाकी गुञ्जेश्वरी कुर्मीले चार हजार ८४९ मत प्राप्त गरिन् ।

विसं २०७४ मा पनि थापा र थारू नै निर्वाचित भएका थिए । यस गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित छ वटा वडा जितेको छ । सातवटा वडा रहेको गाउँपालिकामा जसपाले एक वडाध्यक्ष जितेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस