राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता

राजनीतिक दलसम्बन्धी संशोधन विधेयक सरकारद्धारा फिर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ४, शुक्रबार (१ साल अघि)
  • १४१ पटक पढिएको
राजनीतिक दलसम्बन्धी संशोधन विधेयक सरकारद्धारा फिर्ता

जेठ ४, काठमाडौँ । सरकारले संसदमा पेश भएको राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ । विधेयक फिर्ता लिनका लागि सोसम्बन्धी पत्र संसद सचिवालयमा पुगिसकेको स्रोतले जनाएको छ । सरकारले चाहे जुनसुकै बेला पनि विधेयक फिर्ता लिन सक्ने कानुनी व्यवस्था छ ।

सरकारले दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०–४० प्रतिशत सदस्य आवश्यक पर्ने पूर्ववत व्यवस्था लागू हुने गरी विधेयक अगाडि बढाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा तत्कालीन राजपा र संघीय समाजवादी पार्टी फुटाउने उद्देश्यसहित राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था संशोधन गर्न अध्यादेश ल्याएका थिए ।

उक्त अध्यादेशमा केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०–४० प्रतिशत सदस्य संख्या आवश्यक पर्नेको ठाउँमा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पुग्ने व्यवस्था राखिएको थियो । पछि चर्को आलोचना भएपछि ओलीले अध्यादेश फिर्ता लिएका थिए ।

#

ताजा अपडेट

खोजी गर्नुहोस