बजारमा मूल्य बृद्धि : अरु बोल्न सकेनन्, नेविसंघ उत्रियो जनताको पक्षमा !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ जेष्ठ २७, आईतबार (६ साल अघि)
  • ३७ पटक पढिएको
Post Thumbnail

जेठ २७,काठमाडौँ । नेपाल विद्यार्थी संघले आइतबार सरकारबिरूद्ध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थ लगायत उपभोग्य बस्तुमा भएको मूल्य बृद्धिको बिरोधमा नेविसंघले भृकुटी मण्डपबाट बिरोध प्रदर्शन गरेको हो ।

प्रदर्शन गर्दै विद्यार्थीहरू त्रिचन्द्र कलेज लगायतका ठाउँमा पुगेका थिए । उनीहरूले मूल्य बृद्धि फिर्ता गर्नु पर्नेपर्ने, लोककल्याणकारी राज्य व्यवस्था कायम गर्नुपर्ने भन्दै नारा लगाएका थिए । अरु कोही बोल्न सकेनन् अव हामी जनताको पक्षमा लड्ने बताउदै नेवीसंघका महामन्त्री कुन्दन राज काफ्लेले भने । उनले भने-‘जनताको ढाँड सेक्नेगरी भएको बजार मुल्य बृद्धी विरुद्ध हामी निरन्तर लडिरहन्छौ ।’

यसअघि नेविसंघले अर्धनग्न प्रदर्शन र प्रधानमन्त्रीको पुत्ला दहन लगायतका कार्यक्रम गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस