वैशाख २६, काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ ।
शुक्रबार एक विज्ञप्तीमार्फत् मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको बताएको हो ।
‘हालै विकसित घटनाकमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ । यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ,’ विज्ञप्तीमा भनिएको छ ।
तत्कालै थप कुनै सहयोग आवश्यक परे इस्लामावादस्थित नेपाली राजदूतावासको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न परराष्ट्रले भनेको छ ।