लुका मोड्रिचको आत्माघाती गोलले क्रोएसियाको विजयी सुरुवात !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ ३, आईतबार (६ साल अघि)
  • ५२ पटक पढिएको
Post Thumbnail

असार ३,काठमाडौँ । रसिया विश्वकपमा क्रोएसियाले विजयी सुरुवात गरेको छ । अफ्रिकी पावरहाउस नाइजेरियालाई २–० ले हराउँदै क्रोएसियाले तीन अंक जोडेको छ ।

कालिनइनगार्ड मैदानमा भएको खेलमा एक गोल आत्मघाती भएको थियो भने अर्को गोलमा लुका मोड्रिचको योगदान थियो ।

३२औं मिनेटमा ओगेनेकारोले इटेबोले लुका मोड्रिचले गरेको प्रहार रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरे । नाइजेरियाले क्रोएसियालाई खेलभरी नै दबाब दिएको थियो ।

हाफटाइम अघि एलेक्स इओबीको प्रहार डिफेन्डर डेजान लोब्रेनले जोगाएका थिए । अर्को एउटा राम्रो अवसरमा ब्राइन इडोउले चुक्न पुगे ।

ताजा अपडेट

खोजी गर्नुहोस