विराटनगर–ढाका हवाईसेवा सञ्चालन आवश्यक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ४, सोमबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

चैत ४, विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बढीभन्दा बढी बङ्गलादेशी पर्यटक ल्याउनका लागि विराटनगर–ढाका हवाईसेवा सञ्चालन गर्नुपर्ने बताएका छन् ।

बङ्गालादेश दूतावास काठमाडौँ र युवा विकास केन्द्र इटहरीद्वारा संयुक्त रुपमा आयोजित “व्यापार र पर्यटन प्रवद्र्धनमा हिमालयदेखि समुद्रसतहसम्म” विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपालको व्यापार घाटा कम गर्नका लागि भएपनि बङ्गलादेशी पर्यटक नेपाललाई आकर्षण गर्नुपर्नेमा जोड दिए।

नेपालका लागि बङ्गलादेशका राजदूत मास्फे विन्ते शाम्सले बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालले गरेको सहयोगको स्मरण गर्दै एक सय आठ नेपाली उत्पादनलाई बङ्गलादेशले भन्सार सुविधा दिएको बताए।

प्रदेशसभा सदस्य सूर्यमाराज राई, नवोदिताकुमारी चौधरी, लीलाबल्लभ अधिकारी, मोहन खड्का र उदिता परियारले समृद्ध मुलुकको निर्माणका लागि नेपालले बङ्गलादेशबाट धेरै कुरा सिक्नुपर्ने बताउँदै नेपालको व्यापार घाटा कम गर्न पर्यटन प्रवद्र्धन तथा चिया र अलैँची निर्यातलाई सहज बनाउनुपर्ने धारणा व्यक्त गरे ।

सो अवसरमा विगत दश वर्षमा बङ्गलादेशले गरेको आर्थिक उन्नति र पर्यटन प्रवद्र्धन विषयमा डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस