प्रतिनिधिसभा रित्तो, नीति तथा कार्यक्रममाथि देखावटी छलफल

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ बैशाख २५, बिहिबार (१३ घण्टा अघि)
  • ६६ पटक पढिएको
प्रतिनिधिसभा रित्तो, नीति तथा कार्यक्रममाथि देखावटी छलफल

वैशाख २५, काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी छ । छलफल संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ ।

यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम माथि गत सोमबारदेखि निरन्तर छलफल भइरहेको छ । २८ गतेसम्म जारी रहने छलफलमा सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ ।

तर प्रि-बजेटसमेत मानिने यो छलफलमा सांसदहरुको उपस्थिति न्युन हुँदा नीति तथा कार्यक्रम खल्लो भएको छ । नीति तथा कार्यक्रममाथि संसदमा भइरहेको छलफल ‘देखावटी’ जस्तै बनेको छ । छलफलमा भाग लिने सांसदको उपस्थितिसमेत नगण्य रहेको दुवै संसदमा सांसदहरुले आफ्ना धारणा राख्ने र बाहिरिने क्रमले नीति तथा कार्यक्रममाथिको छलफल करिब करिब खाली सभामा भइरहेको छ ।

प्रतिनिधिसभामा नीति कार्यक्रममाथिको पछिल्लो तीन दिनको छलफलको अन्त्यसम्म नगण्य सांसद मात्र सभामा उपस्थित छन् । कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्ने अवस्थाबाहेक गणपूरक सङ्ख्या आवश्यक नपर्ने भएपछि सांसदहरू हाजिर गरेर र आफ्नो बोल्ने क्रमपछि बाहिरिने गरेका छन् ।

नीति कार्यक्रममा वैशाख २२ गतेबाट सभामा छलफल प्रारम्भमा संशोधनकर्ता ३६ जनाले धारणा राखेका थिए । संशोधनकर्तापछि अन्य १५ सांसदले पनि छलफलमा भाग लिएका थिए । त्यसपछिका बैठकमा सुरुवातको उपस्थिति उल्लेख्य भए पनि छलफलका क्रममा सांसदको उपस्थिति निकै न्यून छ ।

प्रतिनिधि सभामा मङ्गलबार २०८ सांसदको उपस्थिति थियो । आकस्मिक, शून्य र विशेष समयपछिको नीति कार्यक्रमको छलफलमा २१ सांसदले भाग लिएका थिए । खाली सभामा नै नीति कार्यक्रम छलफल भएको थियो ।

न्यून उपस्थितिमा छलफलको क्रम बुधबार पनि जारी नै रह्यो । संसद् सचिवालयका अनुसार बुधबार २१० सांसदको उपस्थिति छ तर नीति कार्यक्रमको छलफल भने खाली सभामा नै भयो । बुधबार पनि शीर्ष नेताको पहिलो लहर खोली नै थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस