शेयरबजारमा दोहोरो अंकको गिरावट ! कारोबार भने बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २५, बिहिबार (१० घण्टा अघि)
  • ४७ पटक पढिएको
शेयरबजारमा दोहोरो अंकको गिरावट ! कारोबार भने बढ्यो

बैशाख २५,काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । बिहीबार १२.०४ अंकले घटेको बजार २६६१.६४ बिन्दुमा रोकियो । बिहीबार ०.४५ प्रतिशतले बजारमा गिरावट आएको हो ।

बुधबार ६१.२५ अंकले बढेको बजारमा दोस्रो दिन नै ‘करेक्सन’ देखिएको हो । बुधबार उपसूचकतर्फ मिश्रित नतिजा देखिएको छ ।

वित्त उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यसमा ४।१६ प्रतिशतको वृद्धि भएको छ । होटल र पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचअल फन्ड उपसूचकको मूल्य बढ्दा अन्य उपसमूहको मूल्य भने घटेको छ ।

बिहीबार कुल ३ सय १५ धितोपत्रको १ लाख ३ हजार ३ सय १९ कारोबारबाट ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच भएको छ । आज कारोबार रकम भने ११ अर्ब ६५ करोड १७ हजार ८ सय ५१ रुपैयाँ बराबरको भएको छ । अघिल्लो दिन बुधबार कारोबार रकम १० अर्ब ५१ करोड बराबर भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस