सदनमा गृहमन्त्रीको जवाफः रेशम पक्राउमा पूर्वाग्रह थिएन, अब सचेत हुन्छौं

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ बैशाख २५, बिहिबार (८ घण्टा अघि)
  • ६३ पटक पढिएको
सदनमा गृहमन्त्रीको जवाफः रेशम पक्राउमा पूर्वाग्रह थिएन, अब सचेत हुन्छौं

|जवाफ दिनुहुँदै गृहमन्त्री लेखक काठमाडौँ, ४ चैतः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक रशून्य समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठररासस जवाफ दिनुहुँदै गृहमन्त्री लेखक काठमाडौँ, ४ चैतः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक रशून्य समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठररासस

वैशाख २५, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेकोबारे सदनलाई जानकारी दिएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उनले सांसदहरुले उठाएका सवालको जवाफ दिँदै अदालतको आदेश कार्यान्वयन बाहेक कुनै कुनियत नराखेको बताए ।

गृहमन्त्री लेखकल चौधरी प्रकाउ पर्नु सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले अनधिकृत पत्र लेखेका कारण भएको बताए । उनले अदालतबाट हुने पत्राचारमा प्रहरी प्रशासनले कानुनको कार्यान्वयन गर्नेबाहेक कुनै पूर्वाग्रह नरहेको बताउदै भविष्यमा यस्ता घटना नदोहोरिने तर्फ सचेत र सजग हुने पनि बताए ।

उक्त पक्राउमा गलत पत्र लेख्ने शाखा अधिकृतलाई कानुनी दायरामा ल्याइएको उल्लेख गर्दै गृहमन्त्री लेखकले कुनै कुनियत राखेर उक्त घटना नभएको प्रतिष्टकरण दिए । त्यसक्रममा गृहमन्त्री लेखकले चैत १५ गते भएको राजावादीको हिंसात्मक प्रर्दशनजस्तो व्यवस्था विरोधी गतिविधि स्वीकार्य नहुने चेतावनी पनि दिए ।

यही वैशाख १७ गते नागरिक उन्मुक्ति र जनमत पार्टीसँगको एकता घोषणा कार्यक्रमस्थलबाटै विष्टको पत्रका आधारमा रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा लगिएको थियो । अदालतको पत्र आधिकारिक नभएको पुष्टि भएपछि चौधरी केही घण्टामै रिहा भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस