निरन्तर ओरालो लाग्दै शेयर बजार !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ ११, सोमबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असार ११,काठमाडौँ । शेयर बजार करीब १० अंकले घटेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९।७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयरको मापन गर्ने सन्सेटिभ परिसूचकसमेत २.०७ बिन्दुले घटेर २५३.९७ बिन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको पाँच लाख ७४ हजार ७८१ कित्ता शेयर रु १८ करोड ५१ लाख ७० हजार मूल्यमा खरिद बिक्री भएको छ ।

आज दुई उपसमूहको शेयर भने बढेको छ । होटल २.२६ बिन्दु र उत्पादन समूहको शेयर १.८६ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ८.११, विकास बैंक १०.२९, जलविद्युत् १७.१२, फाइनान्स ०.९४, बीमा ७९.७६, अन्य ३.१ र माइक्रोफाइनान्स १३.७५ बिन्दुले घटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस