रेडियो धादिङ १३औं बर्षमा प्रवेश : विभिन्न कार्यक्रम गरि बार्षिकोत्सव मनाईँदै

Post Thumbnail

पौष २१, धादिङवेशि । धादिङ जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो धादिङ १०६ मेगाहर्ज स्थापनाको १२ औं वर्ष पुरा गरि सोमबारदेखी १३ औं वर्षमा प्रवेश गरेको छ । समुदायको लागि समुदायको आवाज भन्ने मुल नाराका साथ विविध जाति तथा समुदायको भाषा, कला र संस्कृतिको संरक्षणमा निरन्तर अगाडी बढिरहेको रेडियो धादिङ १३औं वर्षमा प्रवेशको अवसरमा सोमबार विहान ११ बजेदेखी समाज रुपान्तरणमा रेडियो धादिङ विषयक प्यानल डिस्कसन, अन्तक्रिया तथा सुझाव संकलन कार्यक्रम गर्दैछ ।

ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो धादिङ १०६ मेगाहर्जले २०६४ साल पौष २१ गते अर्थात आजकै दिनदेखी धादिङवेसीबाट आफ्नो नियमित प्रशारणको आरम्भ गरेको हो । हरेक दिन बिहान ५ बजेदेखि राती १० बजेसम्म नियमित १७ घण्टा प्रशारण हुँदै आएको रेडियो धादिङमा अहिले प्रत्येक दिन नेपाली भाषाका खवर ६ बुलेटिन प्रसारण गरिरहेको छ ।

साथै नेपाली, तामाङ भाषामै विभिन्न कार्यक्रमहरु प्रसारण गरिरहेको छ । यात्रामा निस्कने सर्वसाधारणको हितलाई ध्यानमा राखेर रेडियो धादिङले प्रत्येक २÷२ घण्टाको फरकमा राजमार्ग खवर पनि प्रसारण गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस